राजनीति

पोखरा महानगरले १ असोजदेखि सेवा थाल्ने



पोखरा, २९ भदौ । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि सेवा दिन थाल्ने निर्णय गरेको छ ।

५२ औं कार्यपालिका बैठकले जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट सेवा शुरू गर्ने निर्णय गरेको हो । आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो ।

कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मोति तिमिल्सिनाले जानकारी दिए ।

आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना ध्वस्त पारिएकोप्रति महानगरको कार्यपालिका बैठकले दु:ख व्यक्त गर्दै दोषीमाथि कारबाहीको मागसमेत गरेको छ ।