राजनीति

नेतृत्व र संगठनहरुमा व्यापक पुनर्गठनको खाँचो : उपाध्यक्ष पाण्डे



काठमाडौँ, २९ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समयले नेतृत्व र संगठनहरुमा व्यापक पुनर्गठनको खाँचोलाई औंल्याएको बताउनुभएको छ ।

जेनजीको आन्दोलनपछि राजनीतिक परिघटना तनावगष्त अवस्थामा राजनीतिक पार्टीहरुको अवस्था समेत गम्भीर बनेको उल्लेख गर्दै उहाँले नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरुले आफूलाई आफ्नो कार्यको मूल्यांकन गर्न, सही मार्ग पहिल्याउन र मुलुकमा राजनीतिक स्थीरता, शान्ती, विकास र समृद्धिको लागि के उपायहरु छन् भन्ने बारेमा नयाँ शिराबाट सोच्नु आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हालको राजनीतिक परिघटना र तनावग्रष्त अवस्थामा सवै राजनीतिक पार्टीहरुका अवस्था समेत गम्भीर बन्न पुगेकोछ । यो संकटको अवस्थामा सर्वसाधारणहरु, कार्यकर्ता तथा नेताहरुले धैर्यधारण गरी अगाडी बढ्नु आवश्यकछ । यो नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरुले आफूलाई आफ्नो कार्यको मूल्यांकन गर्न, सही मार्ग पहिल्याउन र मुलुकमा राजनीतिक स्थीरता, शान्ती, विकास र समृद्धिको लागि के उपायहरु छन् भन्ने बारेमा नयाँ शिराबाट सोच्नु आवश्यकछ । समयले नेतृत्व र संगठनहरुमा व्यापक पुनर्गठनको खाँचोलाई औंल्याएकोछ ।’