काठमाडौँ, ३० भदौ । संघीय संसद् सचिवालयले भदौ २४ मा नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा चोरी भएका सामानहरू फिर्ता गर्न एक सार्वजनिक सूचना जारी गरेको छ ।
सचिवालयका अनुसार, तोडफोडपछि गरिएको अनुगमन र विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन र अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको बुझिएको छ ।











प्रतिक्रिया दिनुहोस्