समाचार

२८ मृतकको पोष्टमार्टम सकियो



काठमाडौँ, ३० भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २८ जनाको पोष्टमार्टम सकिएको छ ।

त्रवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जका फोरेन्सिक विभागका अनुसार, अस्पतालमा रहेका ४६ शवमध्ये २८ को पोष्टमार्टम सकिएको हो ।

सातजनाको शव जलेको अवस्थामा छ । यी शवहरूको पहिचान हुन बाँकी रहेको छ । पोष्टमार्टम गर्दै परिवारलाई बुझाउने काम भइरहेको छ । जलेको कार्यालयबाटै पत्र आएपछि पहिचान गर्न पनि सजिलो हुन्छ ।

प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट पोष्टमार्टमका लागि टिचिङमा पुर्‍याइउने क्रम जारी छ ।

अहिलेसम्म देशभर गरी ७२ जनाको निधन भएको छ ।