काठमाडौँ, ४ असोज । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले जेनजी पुस्ताको आन्दोलनमा व्यवस्था विरोधी तथा वैदेशिक शक्तिहरूले घुसपैठ गरेको समेत आशङ्का गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् ।
विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्य बढेकोमा सरकारको नेतृत्वमा रहनेहरू परिवारवादमा लिप्त हुँदा युवाहरू आन्दोलित भएको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्