काठमाडौँ, ६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत अन्तरिम सरकारलाई ‘जेनजी’ आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न सुझाव दिएका छन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीका हालसम्मका अभिव्यक्ति, कदम र नियुक्ति सकारात्मक रहेको बताउँदै आन्दोलनको रापताप सेलाउँदै जाँदा पुराना शक्ति र प्रवृत्ति हाबी हुन सक्ने खतराप्रति सचेत गराएका हुन् ।
उनले भनेका छन्, ‘जेन-जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिलेसम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक नै छन् । परन्तु आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हावी हुँदै जान्छ र युवाहरूको असन्तुष्टी र आक्रोश पुनः बिष्फोट हुनसक्छ । अतः सरकारले आफ्नो लोयल्टी पुराना शक्ति र यथास्थितितिर होइन विद्रोही जेन-जी र परिवर्तनतिर हो र हुनुपर्छ भन्ने हमेशा हेक्का राख्नु उपयुक्त हुनेछ। त्यसनिम्ति अन्य कुराहरूका अतिरिक्त मन्त्रीपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कमसेकम एक तिहाइ सदस्य राख्नु राम्रो हुनेछ।’










प्रतिक्रिया दिनुहोस्