जनकपुरधाम, ७ असोज । मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्ने भएको छ ।
आज दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । यसअघि त्रुटिपूर्ण बजेट बहुमतले पास गरेको भन्दै विपक्षीदलहरु नियमित बैठक अवरुद्ध गर्दा अनिश्चित समयका लागि बैठक स्थगित गरिएको थियो ।
आज बस्न लागेको बैठकमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको श्रद्धाञ्जलीको लागि शोक प्रस्ताव पारित, संघीयताको सबलीकरण, क्षतिग्रस्त समरचनाहरुको पूर्णनिर्माण लगायतको कार्यसूची रहेको छ ।










प्रतिक्रिया दिनुहोस्