काठमाडौँ, ८ असोज । काठमाडौँको नागार्जुन नगरपालिका-४ सोल्टी दोबाटोस्थित सडकमा बा.प्र -०१-०३० च ६५०१ नम्बरको ईभी भ्यानको ठक्करबाट सोही नगरपालिका-१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको आज बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्