समाचार

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै



काठमाडौँ, ९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ ।

आज देशभरका शक्तिपीठ र नवदुर्गा मन्दिरहरूमा कुष्माण्डा देवीको दर्शन र पूजाका लागि भक्तजनहरूको ठुलो भीड लागेको छ ।

मन्दिर तथा शक्तिपीठमा कुभिण्डोको बलि दिने परम्परा छ । कुभिण्डो उष्ण वातावरणमा हुर्किने तर शीतल गुण भएको फल भएकाले यसलाई देवीको प्रतीक मानिन्छ । भक्तिपूर्वक पूजाआजा गर्दा आयु, यश, बल, आरोग्य र बुद्धिको वृद्धि हुने धार्मिक विश्वास छ ।