सिरहा, ९ असोज । सिरहामा रासायनिक मलमा कालोबजारी बढेको जनगुनासोपछि प्रशासनले गोलबजारस्थित एक गोदाममा छापा हानेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको टोलीले बुधबार गोलबजारस्थित कुशल महतो सञ्चालक रहेको कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारमा छापा मारेको हो । कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारको गोदामबाट युरिया ४२ बोरा, डीएपी ९६ बोरा, पोटास ७ बोरा र अन्य ९ बोरा सरकारी अनुदानको रासायनिक मलखाद नियन्त्रणमा लिइएको छ ।
सोही पसलको अर्को गोदाम भने सिल गरिएको छ । सरकारी अनुदानको मल यहाँबाट तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण हुँदै आएको थियो ।










प्रतिक्रिया दिनुहोस्