समाचार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु



काठमाडौँ, ९ असोज । झापाको बिर्तामोड नगरपालिका–७, खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । तराई मूलको जस्तो देखिने ती पुरुषलाई जंगलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान स्थानीयवासीले देखेपछि खबर गरेका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।