काठमाडौँ, ९ असोज । नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् ।
आज एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ । र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ ।’ ‘यो निराशा र सङ्कटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुलठुला सङ्कट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौँ’, ‘तर इतिहासका हरेक सङ्कटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु ।’
उनले आत्मभर्त्सना बन्द गर्न र आत्मसमिक्षा गर्न पनि नेताहरूलाई आह्वान गरेका छन् । भट्टराईले एमालेमा पनि पुनर्गठनबारे प्रश्नहरू उठिरहेको भन्दै ग्राम्सीले भने जस्तै नेकपा (एमाले)लाई र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्