काठमाडौँ, १० असोज । वि.सं.२०८२ साल आश्विन १० गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४५ ।
मेष: नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृष: खाद्यान्न, पहिरन तथा बिलासी सामानको व्यापारबाट उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । यात्रा तथा पारिवारिक माहौलमा समय व्यातित हुनेछ ।
मिथुन: अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ ।
कर्कट: बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले उपभोग्य बस्तु तथा पहिरनको व्यापारमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ ।
सिंह: भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।
कन्या: आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । औद्योगिक क्षेत्र, उपभोग्य बस्तु तथा पहिरनमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ ।
तुला: उपभोग्य बस्तु र पहिरनको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ ।
वृश्चिक: लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
धनु: लामो दुरीको शैक्षिक यात्रा हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । दैनिक उपभोग्य बस्तु, पहिरन र बिलासी बस्तुको लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
मकर: इमानदार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । वित्तीय क्षेत्र, उपभोग्य बस्तु, पहिरन र बिलासी सामानमा लगानी गर्नेहरूका लागी समय फलदायी रहेको छ ।
कुम्भ: राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
मीन: बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । यात्रा तथा पारिवारिक मिलनको योग रहेको छ ।










प्रतिक्रिया दिनुहोस्