राजनीति

पर्व विशेष सुरक्षा योजना : मधेसमा ६ हजार ५३२ प्रहरी परिचालन



जनकपुर, १० असोज । मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मधेसमा बडादसैँ, दीपावली तथा छठ पर्वलाई भयरहित वातावरणमा मनाउन प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रदेशका ८ वटै जिल्लाका लागि सुरक्षा योजना बनाएको हो ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, जनकपुर, सिरहा र सप्तरी गरी ८ जिल्ला रहेको मधेसमा प्रत्येक जिल्लामा सरदर ८ सय प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

८ वटै जिल्लामा ६ हजार ५३२ प्रहरीलाई चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा प्रत्येक जिल्ला प्रहरी कार्यालयको जिल्ला कमाण्ड पोस्ट, जिल्ला रिजर्भ पोस्ट लगायत परिचालन गर्ने योजना बनाइएको एसएसपी थापाको भनाइ छ । प्रदेशभरि ४८ वटा क्यूआरटी परिचालन, १९ वटा स्ट्राइकिङ, ११६ स्थानमा ट्राफिक सहितको चेकिङ, १२६ वटा मोबाइल गस्ती, २१२ वटा पैदल गस्ती, ३२५ वटा पिकेट गस्ती, २६ स्थानमा राजमार्ग स्कर्टिङ लगायतका सुरक्षा प्रबन्ध गरिएको प्रहरीले जनाएको छ ।