काठमाडौँ, ११ असोज । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बिना प्रमाण बक्यौता उठाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले सञ्चालक समिति बैठकले प्राधिकरणले जे बिल पठाउँछ, त्यही नै अन्तिम हुने गरी निर्णय गरेर बक्यौता उठाउने निर्णय गरेको प्राधिकरण श्रोतले बताएको छ ।
तत्कालीन नेतृत्वले उद्योगीलाई ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा आउन समय दिएको थियो । उक्त समयमा ४६ उद्योग समितिसमक्ष निवेदन दिएका थिए ।
यस्तो निर्णय गरेसंगै लामो समय देखि विवादित रहेको डेडिकेटेड तथा ट्रंक लाइन विवादपछि ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा गएका उद्योगीहरूमा थप अन्यौलता सृजना भएको छ ।










प्रतिक्रिया दिनुहोस्