अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३  हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेर प्रतितोला २८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।