अर्थ

भूषण राणाको घरमा सिआईबीको छापा : कागजात नियन्त्रणमा



काठमाडौँ, १३ असोज । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ ।

आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सिआईबी स्रोतले जनाएको छ । भूषण राणा नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन् । करिब एक महिनादेखि युरोपमा रहेका उनी घरमा नभएका कारण प्रहरीको टोलीले निवासमै पुगेर कागजपत्र सङ्कलन गरेको हो ।

भूषणमाथि ठुला ठेक्का र नियुक्तिमा डिल गर्ने गरेको भन्ने आलोचना पहिले नै हुँदै आएको थियो । साथै, आरजु राणाको आर्थिक चलखेलमा उनी सहयोगी रहेको आरोपसमेत उठ्ने गरेको छ ।