समाचार

सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३३ जना घाइते



काठमाडौँ, १४ असोज । विगत २४ घण्टामा बागमती प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार धादिङ, मकवानपुर, चितवन, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली र रसुवामा मोटरसाइकल, गाडी लगायतका सवारी दुर्घटना हुँदा उक्त एक जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका हुन् ।