समाचार

दाङमा भागेका १५५ कैदीबन्दी पक्राउ



दाङ, १४ असोज । जेन्जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका २ सय ५३ मध्ये १ सय ५५ जना पक्राउ परेका छन् ।

कारागार प्रशासनले फरार कैदीबन्दीलाई असोज २० गतेसम्म फर्कन आह्वान गरेको छ । उक्त समयपछि फर्केमा थप कारबाही हुने बताएको छ ।

हाल तुलसीपुर कारागारमा ६ जना आश्रित बालबालिकासहित ३ सय ५७ जना रहेको कारागार प्रमुख गिर बहादुर सेजुवालले जानकारी दिए ।