राजनीति

दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी



काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ ।

पार्टीको तर्फबाट मुख्य सचिव कृष्ण प्रसाद पौडेलले मंगलबार जारी गरेको वक्तव्यमा ती दुई दिनमा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र राष्ट्रलाई खरबौंको क्षति पुगेको उल्लेख गरेको छ।