काठमाडौँ, १६ असोज । यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने भएकी छिन ।
बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई पनि टीका नलगाउने निर्णय गरेकी छन् ।
आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन आज आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।










प्रतिक्रिया दिनुहोस्