राजनीति

विपद्को खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल



काठमाडौँ, १९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै उनले विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरेका छन् । राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् ।