समाचार

स्कुटरले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते



काठमाडौँ, १९ असोज । स्कुटरले ठक्कर दिँदा काठमाडौँको तिनकुनेमा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार तिनकुने सडक-खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको हो ।

घाइते २३ वर्षका तामाङको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  तामाङका दुवै गोडा र कम्मरमा सामान्य चोट लागेको छ ।