राजनीति

अनेरास्ववियुले बुझायो जाहेरी, दर्ता गर्न २४ घण्टाको समय



 काठमाडौँ, २१ असोज । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्धको जाहेरी प्रहरीलाई बुझाएको छ । 

अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले प्रहरीलाई जाहेरी दिएका हुन् । तर सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने प्रहरीले जवाफ दिएको बडालले बताए । ‘जाहेरी प्रहरी कार्यालयमा छोडेको छौँ । २४ घण्टा भित्र जाहेरी दर्ता भएन भने थप न्यायिक निरुपणमा लागि अगाडि बढ्छौं,’ बडालले भने ।