Banner News

मधेसका मुख्यमन्त्री सिंहले असोज २८ गते विश्वासको मत लिने



काठमाडौँ, २४ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते विश्वासको मत लिने भएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्दै प्रदेश सभालाई पत्र पठाएको छ ।

“नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,” मुख्यमन्त्री सिंहले लेखेको पत्रमा भनिएको छ ।

मधेस प्रदेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेस र नेकपा (एमालेले) फिर्ता लिएसँगै अहिले प्रदेश सरकार अल्पमतमा छन् ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरिसकेको छ । मुख्यमन्त्री सिंहले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।