Banner News

जेनजीसँग छलफल गर्दै राष्ट्रपति पौडेल



काठमाडौँ, २५ आसोज । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । राष्ट्रपति पौडेलले यसअघि शुक्रबारमात्रै अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए।

बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ । छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ ।