Banner News

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि



काठमाडौँ, २९ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।

बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइएको छ ।