काठमाडौँ, २९ असोज । काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा बुधबारदेखि सुरु गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्ट मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्