काठमाडौँ, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् ।
आज एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशलाई प्रतिक्रान्तितिर लैजानबाट रोक्नुपर्ने बताए ।
उनले भने, ‘यदि हामीले प्रभावकारी रोक्न सकेनौ भने देश त्यतातिर धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ’, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्नेछ ।’
उनले जेनजी आन्दोलनमा एमाले प्रहारको निशाना बनेको पनि बताए । ओलीले भने, ‘हामी प्रहारको बढी निशानामा परेका छौ’, ‘किन निशाना परेका छौँ ? हामीले नराम्रा काम र नराम्रा नीति लिएर हो र, होइन । हाम्रा नीतिहरू राम्रा भएर हो ।’










प्रतिक्रिया दिनुहोस्