काठमाडौँ, २९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका थि ए। भेटमा नेपाल–जर्मनीबिचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन र ऊर्जा रूपान्तरण लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री घिसिङले नेपाललाई जर्मनीले दिँदै आएको सहायता बढाउन आग्रह गरे । उनले जर्मनीको सहयोगमा निर्माण भएका मध्य मर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत आयोजनाहरूलाई नेपालको ऊर्जा क्षेत्रको लाइफ लाइन भएको बताए ।










प्रतिक्रिया दिनुहोस्