काठमाडौँ, १ कार्तिक । चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ ।
२० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्रकर्मीहरूलाई बोर्डले परिचयपत्र प्रदान गरेको हो । यसअघि ३० वर्षभन्दा बढी चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको थियो ।
बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक एक लाख ५० हजार बराबरको स्वास्थ्य उपचार बिमा तथा सामान्य चलचित्रकर्मीहरूका लागि ७५ हजार बराबरको स्वास्थ्य बिमा सुविधा सुरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्