Banner News

यो सरकार म्याद नतोकिएको ‘म्यादी सरकार’ हो : अध्यक्ष ओली



काठमाडौँ, १ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाए ।

ओलीले भने, ‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो । यो सरकार रहन्छ भन्ने भ्रम रहन्छ भने त्यो छाडिदिए हुन्छ । जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’