मनोरञ्जन

फिल्म ‘परान’को ट्रेलर सार्वजनिक



काठमाडौँ, १ कार्तिक । फिल्म ‘परान’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा गाउँ, समाज, प्रेम र भरोसा देखाइएको छ । ‘परान’लाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्यले निर्देशन गरेका छन् । आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका छन् ।

फिल्ममा नीर शाह, महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायत कलाकारको अभिनय छ । 

‘परान’ कात्तिक १४ गते रिलिज हुँदै छ ।