काठमाडौँ, २ कार्तिक । ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागेजिनले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषणा गरेको छ ।
आज लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषणा गरेको जानकारी गराउँदै बैंकका अध्यक्ष चन्द्र ढकालले सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘यस गर्व र खुशीको क्षणमा हामीलाई निरन्तर दिशानिर्देश गर्ने, साथ र सहयोग प्रदान गर्ने नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, लक्ष्य प्राप्तिमा निरन्तर खटिने कर्मचारी साथीहरू तथा सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
सवै शुभेच्छुकको विश्वास, साथ र सहयोग नै बैंकलाई निरन्तर सफलताको प्रेरणा भएको उल्लेख गर्दै अध्यक्ष ढकालले आगामी दिनमा अझ ठूला उपलब्धी हासिल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूको विश्वास, साथ र सहयोगले नै बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ, र आगामी दिनहरूमा अझ ठूला उपलब्धि हासिल गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।’










प्रतिक्रिया दिनुहोस्