काठमाडौँ, ३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन् ।
सिंहदरबारमा आज पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई ‘कानुन मान्दिनँ भनेको’ भन्ने संज्ञा दिए । उनले ओलीलाई उपत्यका नछाड्न सरकारले नभई छानबिन गर्न बनेको आयोगले भनेको उल्लेख गरे । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको जस्तो अब नहुने उनले स्पष्ट पारे ।
उनले भने, ‘यो चाहिँ कानुन मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्