काठमाडौँ, ४ कार्तिक । बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।
नेवा चुली रिसोर्टबाट सोमबार राति दुई लाख ३१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १६ बुक तास पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-८ घर भई हाल जिल्ला काठमाण्डौं जोरपाटी बस्ने सुजन श्रेष्ठ, बुढानीलकण्ठ-१२ चुनिखेल बस्ने विकास श्रेष्ठ, सोही ठाउँका राकेश श्रेष्ठ (रिसोर्टका संचालक), सुनिल श्रेष्ठ, स्याङ्जाको चापागढ नगरपालिका-५ घर भई बसुन्धरा बस्ने सुरज राना, सिन्धुलीको हरिहरपुर गाउँपालिका-१ घर भई हाल सोह्रखुट्टे नयाँबजार बस्ने नामगेल भोलान, काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने रामशंकर पराजुली, धनुषाको मिथिला नगरपालिका-९ घर भई बुढानीलकण्ठ-१३ चुनिखेल बस्ने जितेन्द्र तामाङ र सोही ठाउँ बस्ने जयकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्