राजनीति

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः मन्त्री खरेल



काठमाडौँ, ५ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबीचको संवादले निर्वाचनको माहोल बनेको बताएका छन् ।  

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठकलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले सरकार र दलहरुबीचको वार्ता र संवाद शुरू भएको बताए । सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको उल्लेख गरे ।  

उनले भने, “सरकार र राजनीतिक दलहरुबीच आज भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”