काठमाडौँ, ५ कार्तिक । मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको ।
त्यस्तै आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्