राजनीति

एमाले कार्यकर्ताले जोडे सडक बत्ती: नगरपालिका अस्तव्यस्त



सिन्धुली, ६ कार्तिक । कमलामाई नगरपालिकाले सडकमा बत्ती नहाले पछि स्थानीय एमाले कार्यकर्ताले आर्थिक संकलन गर्दै सडक बत्ती जडान गरेका छन् ।

एमालेका नगर सचिव कैलाश ढुंगेलले दिएको जानकारी अनुसार १ सय ७५ सडक पोलमा तार, होल्डर र सिएफएल चिम जडान गरिएको हो ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कांग्रेसबाट निर्वाचित नगर प्रमुख उपेन्द्र पोखरेलले धाकधम्की दिएपछि प्रशासकीय अधिकृत त कार्यालय जान सकेका छैनन् नै, त्यसको मारमा अन्य कर्मचारी पनि परेका छन् । उनीहरुले असोज महिनाको तलब पाएका छैनन् ।