समाचार

करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृत्यु



रौतहट, ६ कार्तिक । करेन्ट लागेर बुधबार गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका निम्ति प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।