समाचार

कौडा खेलिरहेका पाँचजना पक्राउ



तनहुँ, ७ कार्तिक । कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा बिहीबार (कात्तिक ६) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–४, सेपाबगैँचाका ८० वर्षीय विष्णुमान श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

नगद २५ हजार १४५ रुपैयाँ र कौडा १६ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।