सुर्खेत, ८ कार्तिक । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत भेटिएका छन् ।
कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । भुवन चौकुनेकै वडा नम्बर १० मा पर्ने घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए । रातिको समयमा लाग्ने उक्त जात्रामा गएका उनी भोलिपल्ट घर नफर्किएपछि खोजी सुरु गरिएको थियो ।
शुक्रबार उनको शव तामाधारा खोलाको ताताथाई क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाको प्रकृति रहस्यमय देखिएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्