काठमाडौँ, १३ कार्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीकी छोरी दुई वर्षिया कृति चौधरीको मृत्यु भएको हो ।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका छन् ।
ठक्कर दिने माइक्रोबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्