राजनीति

बारागढी गाउँपालिका-६ का अध्यक्ष साहको निधन 



बारा, १४ कार्तिक । बारागढी गाउँपालिका-६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ ।

४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा निधन भएको उनका काका बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बताए । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनका २ छोरी, एक छोरा र श्रीमती छन् ।