काठमाडौँ, १४ कार्तिक । बजारमा हरियो धनियाँको मूल्य दोब्बरले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको मूल्य बढेको हो ।
आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ ।
बिहीबार हरियो धनियाँ किलोको ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो प्रतिकिलो ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्