काठमाडौँ, १४ कार्तिक । झापामा प्रहरीले जना जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका–४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमारसहित ९ जनालाई गएराति पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्