समाचार

हेलिकोप्टरद्वारा गर्भवती महिलाको उद्धार



काठमाडौँ, १५ कार्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबाट आज गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्याएको हो ।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।