राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित, कार्यालयमा तालाबन्दी



काठमाडौँ, १६ कार्तिक । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको विरोधमा नेविसंघका विद्यार्थीहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

तर, बैठक सुरु नै नभई थप दुई दिनका लागि स्थगित भएपछि आक्रोशित विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नेताहरूविरुद्ध नाराबाजी गरेका थिए । उनीहरू बैठक सुरु हुनुभन्दा अगाडि नियमित महाधिवेशनको पक्षमा तत्काल निर्णय गर्न दबाब दिन पार्टी कार्यालय घेराउ गर्न पुगेका थिए ।