काठमाडौँ, १६ कार्तिक । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन् । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी रहेकाे प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्