समाचार

छोराद्वारा बाबुको हत्या



काठमाडौँ, १७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको गरेका छन्  ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–१, फेदापाका ३१ वर्षीय सन्देश राईले बाबु ६९ वर्षीय युवराजको हत्या गरेका हुन् ।

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको छ । प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका निम्ति जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।